ABOUT US
Our Story
Better Plants, Healthier Lives.
At Daava Green Gold, we believe in the natural power of cannabis
and hemp to support a healthier, more balanced life.
Our mission is to bring you premium, responsibly sourced
products that you can trust.
---------------------
हाम्रो बारेमा
डाभा ग्रिन गोल्ड (Daava Green Gold) सन् २०१८ देखि नेपालमा गाँजा सम्बन्धी अध्ययन, अनुसन्धान तथा त्यसमा आधारित विभिन्न उत्पादनहरूको विकास, उत्पादन र बजार व्यवस्थापनमा सक्रिय कम्पनी हो। कम्पनीको स्थापना क्याप्टेन पवन राज जोशीको परिकल्पना र नेतृत्वमा भएको हो।
क्याप्टेन पवन राज जोशी पूर्व विमान चालक तथा व्यवसायिक क्षेत्रमा विभिन्न नवीन अवधारणाको सुरुवात गर्नुभएका उद्यमी हुनुहुन्छ। उहाँले नेपालमा पहिलोपटक रु. ९९ को पसलको अवधारणा सुरुवात गर्नुका साथै नेपालमा फ्रोजन(Flozen) परिकारको व्यवसायिक सुरुवातसमेत गर्नुभएको थियो। उहाँको व्यवसायिक अनुभव, अनुसन्धानप्रतिको रुचि र नवीन सोचलाई आधार बनाउँदै डाभा ग्रिन गोल्डले प्राकृतिक स्रोतमा आधारित स्वस्थकर तथा उपयोगी उत्पादनहरूको विकासलाई प्राथमिकता दिँदै आएको छ।
हाम्रा उत्पादनहरू
हाल डाभा ग्रिन गोल्डले प्राकृतिक तथा वनस्पतिजन्य स्रोतमा आधारित विभिन्न उत्पादनहरूको उत्पादन तथा बिक्री-वितरण गर्दै आएको छ। हाम्रा प्रमुख उत्पादनहरूमा:
गाँजाबाट उत्पादित तेल तथा चिया लगायत अन्य उत्पादनहरु, Pumpkin Seed Oil, Chia Seed Oil, ज्वानोको तेलज्वानोको तेल तथा विभिन्न प्रकारका वनस्पतिजन्य तथा प्राकृतिक तेलहरू Molasses लगायतका उत्पादनहरू समावेश छन्।
Hemp बाट उत्पादित विभिन्न कस्मेटिक सामग्रीहरू
यसका साथै,गाँजालाई प्रयोग गरी स्वस्थकर, पौष्टिक तथा उच्च प्रोटिनयुक्त (High-Protein) खाद्य परिकारहरूको विकास, उत्पादन तथा बिक्री-वितरणमा समेत हामी सक्रिय छौँ। हाम्रा उत्पादनहरूमा गाँजामा आधारित मःम, समोसा, पराठा लगायत दैनिक जीवनमा प्रयोग गर्न सकिने विभिन्न खाद्य परिकारहरू समावेश छन्। यी विभिन्न खाद्य परिकारहरू हामी फ्रोजन (Frozen) स्वरूपमा उत्पादन, प्याकेजिङ तथा बिक्री-वितरण गर्दै आएका छौँ।
हाम्रो दृष्टिकोण
नेपालमा उपलब्ध प्राकृतिक तथा वनस्पतिजन्य स्रोतहरूको वैज्ञानिक, व्यावसायिक र दिगो उपयोग गर्दै स्वस्थकर खाद्य पदार्थ, प्राकृतिक उत्पादन तथा Hemp मा आधारित नवीन उत्पादनहरूको विकास गर्ने हाम्रो प्रमुख उद्देश्य हो। गुणस्तर, अनुसन्धान, नवप्रवर्तन र उपभोक्ताको विश्वासलाई केन्द्रमा राख्दै डाभा ग्रिन गोल्डलाई भविष्यमा नेपालकै एक विश्वसनीय र बहुआयामिक प्राकृतिक उत्पादन कम्पनीका रूपमा स्थापित गर्ने हाम्रो लक्ष्य रहेको छ।
भविष्यको लक्ष्य
डाभा ग्रिन गोल्डले आगामी दिनमा आफ्नो व्यवसायलाई थप विस्तार गर्दै सार्वजनिक लिमिटेड कम्पनी (Public Limited Company) मा रूपान्तरण गर्ने दीर्घकालीन लक्ष्य लिएको छ। यसैै उद्देश्यअनुसार कम्पनीले आफ्नो व्यवसायको विकास तथा विस्तारमा सहभागी हुन चाहने इच्छुक लगानीकर्ताहरूका लागि रु. १०,००० देखि रु. ५,००,००० सम्मको लगानीमार्फत कम्पनीको शेयरधनी बन्न सक्ने अवसर उपलब्ध गराउने अवधारणा अघि सारेको छ। लगानी तथा शेयरसम्बन्धी व्यवस्था प्रचलित कानून तथा आवश्यक नियामकीय प्रक्रियाअनुसार हुनेछ।
हाम्रो प्रतिबद्धता
- प्राकृतिक स्रोतको सदुपयोग
- स्वस्थकर उत्पादन
- अनुसन्धान तथा नवप्रवर्तन
- गुणस्तर
- दिगो व्यवसाय
- ग्राहकको विश्वास
डाभा ग्रिन गोल्ड केवल उत्पादन गर्ने कम्पनी मात्र नभई प्राकृतिक स्रोत, स्वस्थ जीवनशैली र नवीन उद्यमशीलतालाई जोड्दै भविष्यका सम्भावनाहरू निर्माण गर्ने हाम्रो प्रयास हो।
OUR MISSION
To Inspire a Healthier, More Balanced Life
We are committed to providing premium cannabis and hemp products that support wellness, promote balance and empower people to live their best lives — naturally.
OUR VALUES
Quality
Only the finest, lab-tested products.
Transparency
Clear information, no hidden ingredients.
Responsibility
Sustainable sourcing and ethical practice.
OUR APPROACH
Quality You Can Trust
Responsible Sourcing
We work with trusted growers who use sustainable farming practices.
Lab Testing
Every product is tested for purity, potency, and safety by independent labs.
Careful Processing
We use advanced techniques to maintain quality and consistency.
Safe Delivery
Discreet, secure and reliable shipping to you door.